
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेका छन् ।
आज आइतबार साँझ बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य छन् ।
बैठकपछि माओवादी महासचिव देव गुरुङले २५ गतेको राष्ट्रपतिको निर्वाचनको तयारीबारे आजको बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आज अरु केही एजेन्डा थिएन राष्ट्रपति निर्वाचनको तयारी मात्रै हो ।’
कार्यदलले २५ फागुनमा हुन राष्ट्रपति निर्वाचनको तयारीको जिम्मा पाएको छ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन आवश्यक तयारी र भूमिका खेल्न भनिएको छ ।















प्रतिक्रिया