१ कार्तिक २०८३, शनिबार

माओवादीको सत्ताकेन्द्रित फोहोरी खेलले मुलुक अस्थिरतातर्फ गयो : कमल थापा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।

दलहरूको पछिल्लो खेलबाट जनतामा वितृष्णा मात्र नभई दल र नेताहरूप्रति घृणाभाव उत्पन्न भएको थापाको भनाइ छ ।

‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ?’ थापाको प्रश्न छ ।

काठमाडौंमा आज पार्टीसम्बद्ध भ्रातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिएको थापाको टिप्पणी थियो । राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भइरहेकोमा सन्तोष व्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे ।