
काठमाडौं, १४ फागुन । परराष्ट्रमन्त्री विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औँ सत्रमा नेपालको सहभागिता अति महत्वपूर्ण रहेको बताएकी छन् ।
परिषद्मा सहभागिता जनाउन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुअघि आज आयोजित पत्रकार सम्मेलनमा उनले, परराष्ट्र मन्त्रालयले नेपालको मानवअधिकारको अवस्थाबारे जानकारी गराउन यो महत्वपूर्ण अवसर भएको र त्यसलाई भरपुर सदुपयोग गर्न पूर्ण तयारी गरिएको जानकारी दिइन् ।
‘मानव अधिकार काउन्सिलमा हाम्रो सहभागिता धेरै महत्वपूर्ण छ । काउन्सिलको परिषद्को सदस्य टुङ्गिदै छ त्यसकारण हाम्रो सहभागिता र हामीले यो क्षेत्रमा गरेको प्रगतिहरु, केही राम्रा अभ्यासहरू दर्शाउनु पर्ने काम महत्वपूर्ण छ,’ मन्त्री पौड्यालले भनिन् ।
उनले मानव अधिकारमा नेपाललाई राम्रो देशको रुपमा चिनिने भएकाले अझै राम्रो बनाउनका लागि पनि नेपालको सहभागिता महत्वपूर्ण रहेको बताएकी छिन् । त्यस्तै दुई पक्षीय तथा बहुपक्षीय सम्बन्धहरु सुदृढ गर्ने मौकाका रुपमा पनि यो भ्रमणलाई सदुपयोग गर्ने उनको भनाइ छ ।















प्रतिक्रिया