१ कार्तिक २०८३, शनिबार

सामसङद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरू, उत्पादनकै सबैभन्दा अब्बल रहेको दाबी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोन बिक्री सुरू गरेको छ ।

प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै एस२३ स्मार्टफोनहरु बजारमा उपलब्ध गराएको हो ।

ग्यालेक्सी एस२३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको बताइएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको कम्पनीले जनाएको छ ।

पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको कम्पनीको भनाइ छ । ‘हामी हाम्रा ग्राहकहरुप्रति यो अविश्वसनीय प्रतिक्रियाका लागि अत्यन्त आभारी छौं,’ सामसङका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनुभएको बलियो विश्वास झल्किएको छ ।’

नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिजअन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ ।

यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।