१ कार्तिक २०८३, शनिबार

बालेन साहलाई राजीनामा दिन दबाब, भन्छन्– मैले राजीनामा दिए देश कसरी बन्छ ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’लाई राजीनामा दिन दबाब दिइएको खुलासा भएको छ ।

प्रमुख बालेन स्वयम्ले आज शनिबार आफ्नो आधिकारिक फेसबुकमार्फत आफूलाई राजीनामा दिन बाध्य पारिएको खुलासा गरेका हुन् ।

उनले आफूले राजीनामा दिएको अवस्थामा देश कसरी बन्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘मेयर पोजिसनबाट मलाई राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले भनेका छन्, ‘यो देश कहिले पनि बन्दैन ।’

यद्यपि, उनलाई कसले र किन राजीनामाको दबाब दिएको हो भन्नेबारे खुलाइएको छैन ।