१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता, को–को छन् प्रस्तावक र समर्थक ?

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेलको उम्मेदवारीमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ, अब्दुल खान, अशोक राई प्रस्तावक छन् ।

यस्तै, महन्थ ठाकुर, चित्रबहादुर केसी, पूर्णबहादुर खड्का र हितराज पाण्डे समर्थक रहेका छन् ।

उम्मेदवारी दर्ता गराउँदै पौडेलले आफ्नो सर्वसम्मत बन्ने अपेक्षा र इच्छा रहेको र यसमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढने बताए ।

यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् ।  नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने दाबी गरेका छन् ।

आफू सबै हिसाबले संविधानको परिपालना गर्ने र सबैको सम्मान गर्ने व्यक्ति भएका कारण आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।