१ कार्तिक २०८३, शनिबार

नयाँ गठबन्धन बनेको छैन, पुरानो यथावत छ : पृथ्वीसुब्बा गुरुङ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकमा आजको मितिसम्म नयाँ कुनै पनि गठबन्धन नबनेको दाबी गरेका छन् ।

पुस १० गते सात दलबीच भएको सहमतिअनुसारको गठबन्धन अहिले यथावत रहेको बताउँदै उनले दलका नेताहरू एउटै बैठकमा बस्दैमा गठबन्धन बनिनहाल्ने उनको तर्क छ ।

आज शनिबार पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै गुरुङले भने, ‘आठ दल, आठ दल भनेर मिडियाले मात्रै प्रचार गरेको हो, बनेको चाहिँ होइन, २५ गते एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ राष्ट्रपति निर्वाचित हुनुहुने छ ।’

नेकपा एमालेको तर्फबाट राष्ट्रपतिका लागि एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।