१ कार्तिक २०८३, शनिबार

एमालेको उम्मेदवार राजनीतिक दाउपेचको होइन, त्यसैले जितिन्छ : केपी ओली (भिडिओ)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदका लागि एमालेले खडा गरेको कुनै पनि राजनीतिक दाउपेचको नभएको बताएका छन् ।

दाउपेचको उम्मेदवार नभएकै कारणले एमालेको उम्मेदवार राष्ट्रपतिमा विजयी बन्ने दाबी गरेका छन् । सिंगै देशको समर्थ एमालेलाई रहेको ओलीको भनाइ छ ।

आठ दलीय गठबन्धन बनेकोबारे आफूलाई केही थाहा नभएको बताउँदै उनले पुस १० गते भएको सहमति अनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवार विजयी हुने ओलीको विश्वास छ ।

केही दलका नेताहरू बालुवाटारमा बस्दैमा गठबन्धन नहुने ओलीको भनाइ छ । प्रधानमन्त्रीसँग आफूहरू पनि कुराकानीमै रहेको ओलीले जानकारी दिएका छन् ।

नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।