१ कार्तिक २०८३, शनिबार

आगलागीका घाइतेलाई अछामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुई जना युवालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

बिहीबार आफ्नै घरमा आगलागीमा परेपछि कोसेडी निवासी २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीयका पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराज रोकामगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि उनीहरूलाई काठमाडौं ल्याइएको हो ।