१ कार्तिक २०८३, शनिबार

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडिओ)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ ।

बैठकले शनिबारबाहेक सार्वजनिक विदाका दिन पनि सरकारी कार्यालय खुला गर्नेदेखि नेपाल दूरसञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्नेसम्मका निर्णय गरेको छ ।

यस्ता छन् हिजो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य–मुख्य निर्णयहरू–

– सार्वजनिक विदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने । कर्मचारीलाई सट्टा विदा दिने । कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने ।

– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

– नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८ ०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्टपतिसमक्ष पेश गर्ने ।

– विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुुमा गर्न सैद्धान्तिक सहमति दिने ।

– चालु आर्थिक वर्ष २०७९/०८० को लागि गहुँचको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ निर्धारण गर्ने ।

– २०७९/११/१७ गते दक्षिण सुडानमा हुने फम्र्ड पुलिस यूनिटको मेडल परेड कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने ।

– २०७९ फागुन २९ देखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसीप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) श्री रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने ।

– संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्टिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने ।

– राष्टिय तथ्यांक कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत प्रदान गर्ने ।

– नेपाल दूर सञ्चार प्राधिकरणमा कानुन सदस्यको पदमा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने ।