१ कार्तिक २०८३, शनिबार

पुस २९ यता पटक–पटक बलात्कृत किशोरीले बल्ल दिइन् प्रहरीमा उजुरी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ फागुन । पुस २९ गते यता पटक–पटक बलात्कारको शिकार बनेकी एक १५ वर्षीया किशोरीले बल्ल प्रहरीमा उजुरी दिएकी छिन् ।

किशोरीले दिएको उजुरीको आधारमा जिल्लाको कन्काई नगरपालिका–८ का ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक बलात्कार गर्दै आएका थिए । पीडितले ढिलो गरी दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बराइलीलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।