
काठमाडौं, १२ फागुन । आईएमई–पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ ।
समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई–पेले गर्नेछ ।
नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नाका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।
भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आईएमई–पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।















प्रतिक्रिया