१ कार्तिक २०८३, शनिबार

खानदानी र आम्दानीबाट होइन श्रमदानीबाट राजनीति अगाडि बढ्नुपर्छ : ईश्वरी रिजाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजाल (ईश्वरी) ले अब राजनीति खानदानी र आम्दानीबाट नभई श्रमदानीबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उनले अबको राजनीति र नेतृत्व श्रमबाट हुनुपर्नेमा जोड दिएका हुन् । विगतमा कोही जन्मदै शासक र कोही अछुत हुने अवस्था रहेको र त्यसलाई बदलेर अगाडि बढेको स्मरण गर्दै उनले भने, ‘अब खानदानी र आम्दानीबाट होइन राजनीति । अब श्रमदानीबाट अगाडि बढ्नुपर्छ ।’

अब षडयन्त्रको राजनीति छाडेर श्रमबाट नेतृत्व चयन गरिनुपर्ने बताउँदै उनले अगाडि भने, ‘गर्भबाट होइन अबको शासन र नेता श्रमबाट हुनुपर्छ । देश र जनताप्रति गरेको श्रमबाट नेताको हैसियत तय हुनुपर्छ ।’

उनले नेपालमा अहिले षडयन्त्रको राजनीति चलिरहेको पनि बताएका छन् । ‘राजनीति सिद्धान्तद्वारा चल्छ कि सिद्धान्तद्वारा निर्देशित हुन्छ कि । षडयन्त्रद्वारा चल्छ ? अथवा षडयन्त्रको पनि सिद्धान्त हुन्छ ? अहिले त यस्तो चल्न थालेको छ,’ उनले बैठकमा भने ।