२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आइएमईको सिइओमा अनिल ज्ञवाली नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-gyawaliकाठमाडौं, ५ जेठ । नविल बैंकमा चार वर्षे कार्यकाल सकिए पनि अनिल ज्ञववाली ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियूक्त भएका छन् ।

यसअघि पनि ज्ञवालीले ३ वर्ष ग्लोबल आइएमईमा सिइओको भूमिका निर्वाह गरेका थिए । अब ज्ञवालीले कम्तिमा चार वर्ष ग्लोवल आइएमईमा रहेर काम गर्नेछन् ।

ग्लोबलका पूर्वसिइओ रत्नराज बज्रचार्य केही दिन अगाडि चार वर्षे कार्यकाल सकिएर बाहिरिए पछि उक्त जिम्मेवारी सम्हाल्न ज्ञवाली पुगेका हुन् । बज्राचार्यले सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।