३ कार्तिक २०८३, मंगलबार

बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सेवाग्राहीलाई बुझेर मात्रै ऋण लिन आग्रह गरेको छ ।

बैंकले लिने सेवा शुल्क तथा ब्याजदरहरूमा ऋणहरूको गुनासो बढ्न थालेपछि केन्द्रीय बैंकले मंगलबार एक सूचना जारीगर्दै ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर कर्जाको उपयोग गर्न आग्रह गरेको हो ।

निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ ।