२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति टुंगो लगाउने विषय झनै पेचिलो बन्दै गइरहेको छ ।

प्रमुख सत्ता घटक नेकपा एमाले र माओवादी आ आफ्नै अडानमा कायम रहेपछि राष्ट्रपतिको विषय पेचिलो बनेको हो । नेकपा एमाले राष्ट्रपति पूर्व सहमति अनुरुप एमालेबाटै हुनुपर्ने पक्षमा छ भने माओवादी केन्द्र राष्ट्रिय सहमतिको रटानमा छ ।

यसैबीच, सोमबार साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

बैठकले अन्तिम निर्णयले लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

हेरौँ सोमबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. राष्ट्रिय सहमतिकै रटान :राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय, अन्तिम निणर्य गर्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ।

२. प्रचण्ड– रवि– माधव भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता, राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्डसँग गरे राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल ।

३. विदेश पलायन चुनौतीपूर्ण : शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, विदेश पलायनलाई रोक्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड ।

४. स्वास्थ्यमा सुधार : ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परेर गम्भीर घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट हटाइयो ।

५. सर्भरमा समस्या आएपछि… : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन, दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित ।

६. नवनियुक्त मन्त्रीले लिए सपथ : लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले लिए पद तथा गोपनीयताको सपथ, प्रदेश प्रमुख अमिक शेरचनले गराए सपथ ।

७. डीएसपीलाई कारबाहीको सिफारिस : यातायात मजदुरको आन्दोलनका क्रममा काठमाडौंको गोंगबुमा घटेको घटनामा दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस, प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न माग ।

८. रहेनन् पूर्वमन्त्री श्रेष्ठ : पूर्वस्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दुख व्यक्त ।

९. सन्दीप पुगे सर्वोच्च : उच्च अदालतको आदेशविरुद्व क्रिकेटर सन्दीप लामिछानेले दिए सर्वोच्च अदालतमा पुनरावेदन निवेदन, अन्तर्राष्ट्रिय खेलमा लगाइएको प्रतिवन्द बदर गर्न माग, पेशी फागुन १२ गते ।

१०. महिलाको हत्या : मोरङको बुढीगंगा–२ अमाहिकी अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेर शव स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेर राखिएको अवस्थामा फेला, तीन जना पक्राउ ।

११. दुर्घटनामा मृत्यु : स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ग १ त ६८८६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विक मृत्यु ।

१२. हात्तिले लियो ज्यान : मनवानपुरको मनहरी–४ मा हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु, मृत्यु हुनेमा ६४ वर्षीया राधा अधिकारी ।

१३. सुवास रेग्मी पक्राउ : साइबर अपराधमा विन्ध्यवासिन म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ, पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति ।

१४. युक्रेनलाई थप हतियार सहयोग गर्ने : अमेरिकी राष्ट्रपति जो बाइडेन आकस्मिक भ्रमणका लागि पुगे युक्रेनको राजधानी किएभ, युक्रेनलाई थप हतियार सहयोग गर्ने प्रतिवद्वता ।

१५. खेलाडीमाथि मुद्दा दर्ता : काठमाडौंमा सम्पन्न नेपाल टी ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न पाँच जनाविरुद्व मुद्दा दायर, मुद्दा दर्ता गरिएकाहरूमा मोहमद आदिल अन्सारी, महबुब आलम, नितेश गुप्ता, नवीन कँडेल र नितेश साह ।