काठमाडौं, ५ जेठ । नेपालमा भूकम्प आउने क्रम जारी रहेका बेला सिन्धुपाल्चोकमा मंगलबार फेरि अर्काे भूकम्प गएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर अपराह्न ४ बजेर ४४ मिनेटमा ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि विहान ११ बजेर २९ मिनेटमा पनि सिन्धुपाल्चोकमै ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । मंगलबार मात्रै दुई वटा भूकम्पको धक्का महसुस भएपछि सिन्धुपाल्चोकमा स्थानीय झन त्रसित बनेका छन् ।













प्रतिक्रिया