२९ आश्विन २०८३, बिहिबार

डाक्टरले अर्काकी स्वास्नीलाई बन्धक बनाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra-pal

काठमाडौं, ५ जेठ । भनिन्छ विरामीका लागि डाक्टर भगवान हो । तर यहाँ एक डाक्टरले विरामी महिलासँग दुव्र्यवहार गरेर घरमा बन्धक बनाएर राखेका छन् ।

यूपीको एटा स्थित एक अस्पतालमा उपचार खर्च नतिरहेको भन्दै डाक्टरले मजदूरकी पत्नीलाई बन्धक बनाएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

मजदूर पति अहिले आफ्नी पत्नीलाई छुटाउन सडकमा भीख माग्दै हिँडेका छन् । मजदुर चन्द्रपाल आफ्नी पत्निलाई उपचार गराउन ऐटा पुगेका थिए । जहाँ सहरको प्रख्यात डाक्टरले उपचार गर्छन् ।

उपचारपूर्व डाक्टरले उनलाई पत्नीको उपचारका लागि २६ हजार खर्च हुने बताएका थिए । तर उपचारका क्रममा खर्च ३० हजार पुग्यो । उनकी पत्नीको उपचार सफल भयो । डाक्टरले भने अनुसार २६ हजार रुपैयाँ पनि ति मजदुरले दिए ।

तर चन्द्रपाल बाँकी ६ हजार रुपैयाँ डाक्टरलाई दिन सकेनन् । पैसा नभएपछि चन्द्रपालकी पत्नीलाई डाक्टरले बन्धन बनाएर पैसा ल्याएर दिए मात्रै पत्नी फिर्ता पाउने बताए । अहिले चन्द्रपाल पत्नीलाई छुटाउन सडकमा दिनभरी बसेर भीख मागिरहेका छन् । एजेन्सी