३ कार्तिक २०८३, मंगलबार

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । जुम्ला, स्याङजा, भक्तपुर, झापा र कञ्चनपुरबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । जुम्ला,चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम, नाईट्रोभेट ३४ ट्याब्लेट र नगद २० हजार ५ सय १० रुपैयाँसहित सोही नगरपालिका–२ भण्डारीवाडा बस्ने २८ वर्षीय तिलक भण्डारीसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै,स्याङजा, फेदीखोला गाउँपालिका–२ बौद्ध गुम्बास्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४० ट्याब्लेट, फेनारगन १ सय ८३ एम्पुल, डाईजेपाम १ सय ८६ एम्पुल र नुर्फिन १ सय ८५ एम्पुलसहित धादिङ गजुरी गाउँपालिका–९ घर भएका २६ वर्षीय राजन बराईलीसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरीले वालिङबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १२२५ नम्बरको हाईस गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी आकाशे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्रामसहित काभ्रे धुलिखेल नगरपालिका–३ बस्ने १८ वर्षीय किशोरसमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी झापा, दमक नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध डाईजोपाम ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फेनारगन ४० एम्पुलसहित सोही ठाउँ बस्ने ५० वर्षीया खुद्धी मुखियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेतकोट नगरपालिका–५ पोलखरी घर भई सोही ठाउँमा किराना पसल गरी बस्ने ६५ वर्षीय दल बहादुर बोहरालाई अवैध लागूऔषध चरेश ३ सय ९८ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।