
काठमाडौं, ६ फागुन । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको गीत ‘गाजलु’ को म्युजिक भिडिओ रिलिज गरिएको छ ।
‘गाजलु’मा गायक केदारकै शब्द तथा संगीत छ । श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।
भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ‘गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।















प्रतिक्रिया