२८ आश्विन २०८३, बुधबार

भूकम्पमा पुरिएको नवौँ दिनमा महिला र बालबालिकाको जीवितै उद्धार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा दशौँ हजारको मृत्यु भइसकेको छ ।

उद्दार कार्य अझै जारी रहेको छ । भूकम्प गएको दशौँ दिन हुँदा पनि उद्दार कार्य सकिएको छैन । यसैबीच टर्कीमा एक महिलाको भूकम्पले पुरिएको नवौँ दिनमा जीवितै उद्दार गरिएको छ ।

बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरिएको हो । एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जिवितै उद्दार गरिएको हो ।

यस्तै सोही स्थानबाट थप दुई महिलाको जिवितै उद्धार गरिएको थियो। भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो।