२९ आश्विन २०८३, बिहिबार

पोर्चुगलका राष्ट्रपतिले नेपाली युवकसँग मागे माफी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले नेपाली युवकसँग माफी मागेका छन् ।

केही दिनअघि लुटेराको समूहले नेपाली युवकमाथि दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा आएको आएको थियो । घटनालाई लिएर चौतर्फी आलोचना भएको थियो ।

घटनापछि राष्ट्रपति मार्सेलोले ति नेपाली युवकलाई भेटेरै माफी मागेका हुन् ।

भिडियोमा नेपाली युवकमाथि मुक्का, लात्ति प्रहार भएको देख्न सकिन्छ । आक्रमणकारीहरुले उनको कपाल जलाउने प्रयाससमेत गरेका थिए ।