काठमाडौं, ५ जेठ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पितृशोक परेको छ ।
उहाँका पिता मङ्गलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
बि.सं. १९७३ असोज २५ गते जन्मिएका उपाध्याय केही समयदेखि घाँटी सम्बन्धि रोगबाट ग्रसित थिए । उहाँ केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहनुभएको थियो ।
शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चारवटा पुस्तक प्रकाशित छन् । उपाध्यायको आज अपराह्न १ः३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
उपाध्यायको निधनपछि समवेदना प्रकट गर्न कोटेश्वरस्थित निवासमा एमाले नेता तथा कार्यकर्ताको जम्मा भएका छन् ।












प्रतिक्रिया