१५ कार्तिक २०८३, आइतबार

फेरि दोलखामै अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa

काठमाडौं, ५ जेठ । वैशाख १२ गतेपछिको विनाशकारी महाभूकम्पपछि दोलखामा निरन्तर भूकम्प आउने क्रम जारी अहिले सम्म एक दर्जनभन्दा भूकम्प गइसकेका छन् । गत मंगलबारको शक्तिशाली भूकम्प पनि दोलखामै केन्द्रविन्दु भएर गएको थियो ।

यस्तै, दोलखा मंगलबार विहान फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ४ बजेर ३४ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

निरन्तर भूकम्प कम्पन हुन थालेपछि दोलखाका केही बस्तीहरु अन्यत्र सार्ने तयारी थालिएको स्थानीय प्रशासनले जनाएको छ । गत मंगलबार आएको शक्तिशाली भूकम्पले दोलखामा मात्रै सय जना भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।