२९ आश्विन २०८३, बिहिबार

कतारमा कार्यरत नेपालीद्वारा भूकम्प पीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qater

– नवराज विक

कतार । कतारस्थित बलेदिया कम्पनीमा कार्यरत नेपालीले भूकम्प पीडितलाई उद्धार तथा राहतमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु १० लाख ११ हजार १११ सङ्कलन गरी पठाएको छ ।

उक्त कम्पनीमा कार्यरत नेपालीहरूले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको स्मृतिमा दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसभा कार्यक्रमको समेत आयोजना गरेका थिए ।

श्रद्धाञ्जलि कार्यक्रममा एनआरएनएएनसिसी कतारका युवा संयोजक नवराज विक, पत्रकार होम कार्की, राहत सङ्कलन समितिका संयोजक काशीराम सापकोटा, बलेदिया कम्पनीका सहायक म्यानेजर रुस्तम कार्की समाजसेवी राजाराम बानियालगायतले मुलुकको वर्तमान विपत्तिको बारेमा प्रष्ट पार्दै भूकम्पमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

“एक हजार दुईसयभन्दा बढी नेपालीले थोपा थोपा गरेर सङ्कलन गर्दै रु १० लाख जुटायौं सरकारले पीडित नेपालीलाई राम्रोसँग वितरण गरिदियोस्”- आर्थिक सङ्कलन संयोजक काशीराम सापकोटाले भन्नुभयो । रासस