
हेटौंडा, २६ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको आल्दमार–भोर्ले सडकको शिलान्यास गरेका छन् ।
बागाती प्रदेश सरकारको लगानी रहेको स्ल्याब ढलान सहितको सडक शिलान्यास गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार जनताले थाहा पाउने गरि विकासको गतिविधिमा अघि बढ्ने बताए ।
प्रदेश सरकार गठन भएपछि जनताले विकासको लहर आएको अनुभव गर्न पाएको बताउँदै उनले सरकारले विकासका थप गतिविधिलाई अघि बढाउँदै प्रदेशमा सुशासन कायम गर्न समेत अघि बढ्ने धारणा ब्यक्त गरे ।
२० लाख रुपैयाँको लगानीमा निर्माण आरम्भ गरिएको सडक २ सय ५ मिटर लम्बाइ र ६ मिटर चौढाइ रहेको छ ।
सडक निर्माणपछि वडा नम्बर १२ का बासिन्दाले वडा नम्बर ११ नवलपुरमा निर्माण भएको नयाँपुलबाट हेटौंडा बजार क्षेत्रमा आवतजावतको लागि सहज हुनेछ ।















प्रतिक्रिया