१ कार्तिक २०८३, शनिबार

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : अध्यक्ष बिजुक्छेँ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको नि:स्वार्थ सेवा गर्न नसक्ने बताएका हुन् ।

अध्यक्ष बिजुक्छेँले नेपालमा पश्चिमेली संसदीय राजनीतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागू रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था देखिएको बताए ।

जनतालाई राजनीतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागू गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप छ ।