१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने तयारी

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई फेरि सरकारमा ल्याउने तयारी भइरहेको बताएकी छिन् ।

आज मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यसबारे जानकारी दिएकी हुन् । निर्णय सुनाइसकेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिदै उनले रास्वपालाई पुन: सरकारमा ल्याउने तयारी भइरहेको दाबी गरेकी हुन् ।

उक्त पार्टीले सरकारलाई दिएको समर्थन यथावत राखेकाले सरकार सङ्कटमा नरहेको बताउँदै उनले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताइन् ।