१ कार्तिक २०८३, शनिबार

चिकित्सक संघको अध्यक्षमा डा. कार्की निर्वाचित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।

लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका कार्कीले अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेललाई पराजित गरेका हुन् ।

निर्वाचित कार्कीले ३ हजार ५३७ मत, पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरेका छन् ।

मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।