
काठमाडौं, २४ माघ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी वृहत् नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।
अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत् नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो ।
नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले नि:शुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र नि:शुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।
नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टीम परिचालन गरी नि:शुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ ।
विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरूलाई सहभागी गराई नि:शुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।













प्रतिक्रिया