२९ आश्विन २०८३, बिहिबार

जुलाई ४ मा डिसीमा खेलकुद प्रतियोगिताको आयोजना गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_final– विजय थापा 

वाशिंगटन डिसी । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहमा डिसी महानगर क्षेत्रमा भब्य खेलकुदको आयोजना गरिने भएको छ ।

अमेरिकाभर बिभिन्न राज्य तथा सहरमा रहेका लामो समय देखि खेलकुद क्षेत्रमा संलग्न खेलाडी, प्रशिक्षक, निर्णायक तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा नेपालको नाम उच्च राख्दै आएका खेलाडीहरुको पहलमा डिसी महानगर क्षेत्रमा जुलाई ४ र ५ तारिखको दिन बिभिन्न खेलकुदको आयोजना गरिने तय भएको छ ।

लामो समय देखि डिसी क्षेत्रमा बसोबास गर्दै सकर खेलमा संलग्न रहेका चन्द्र लामाले जानकारी दिएका छन् । दुई दिने खेलकुदमा सकर, बास्केटबल, पुरुष तथा महिला, भलिबल, टेबल टेनिस तथा गल्फ गरि ६ वटा खेल खेलाइने जानकारी दिदै यी सबै खेल प्रतिस्पर्धाको लागि नभई प्रदर्शनको लागि मात्र खेलाइने बताईएको छ ।

table-tennis--800x435कार्यक्रममा बिजेता खेलाडीहरुलाई कुनै पदक तथा नगद पुरस्कार दिइने छैन भने केवल प्रमाण पत्र मात्र दिने जानकारी गराईएको छ । अमेरिकाका अधिकांश राज्यहरुबाट खेलाडीहरु आउने छन् भने उनीहरुले प्रवेश शुल्क भने तिर्नुपर्ने लामाले बताएका छन् ।

खेल समुहले बसोबासको आफै व्यवस्था गर्नुपर्ने छ भने बिभिन्न स्रोतबाट संकलित सबै रकम नेपालका भूकम्प पीडितलाई दिने बताइएको छ । प्रवेश शुल्क तिरी जम्मा भएको रकम पनि भूकम्प पीडितलाई सहयोग गर्ने छलफल भएको बताउँदै यस बिषयमा अन्य थप जानकारी छिट्टै दिने बताइएको छ ।

basketball-800x501