१ कार्तिक २०८३, शनिबार

रबि लामिछानेले औंल्याएको ‘माइतीघर दुर्घटना’ के हो ? (भिडिओ)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर मिडिया मालिक र त्यहाँ कार्यरत सम्पादकहरूमाथि नामै किटेर घोचपेच, कटाक्ष र केही खुलासा गरेका छन् ।

यसैबीच उनले २०७२ साल मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलमा भएको एउटा भयानक दुर्घटनाबारे पनि उजागर गरेका छन् । दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रङको निजी कारण कान्तिपुर मिडिया ग्रुपको नाममा रहेको र सोही मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाले प्रयोग गर्दै आएका थिए ।

दुर्घटनाग्रस्त कारमा सम्भव र दुई जना युवतीसहित चारजना सवार थिए । चालक सिरोहियाले अत्यधिक मदिरा सेवन गरेका कारण कार दुर्घटनामा परेको थियो । जसको पुष्टि दुर्घटनापछि सडकभरि छरिएको बियरका बोतलहरूले गरेको थियो ।

दुर्घटना यति भयानक थियो कि सडक पेटीमा चिया पिइरहेका, मर्निङ वाक गरिरहेका सर्वसाधारणहरूको भागदौड नै मच्चिएको थियो । दुर्घटनामा सम्भवसहित शौरभ र दुई युवती घाइते भएका थिए ।

घटना लुकाउन यतिसम्म गरियो कि माइतीघर आसपासका सीसी क्यामेराको फुटेज हटाउनेदेखि घटनाको केही बेरमै पानी हालेर सडक सफा पार्नेसम्मको काम भएको थियो भने दुर्घटनाग्रस्त कार क्षणभरमै गायब पारिएको थियो । घटनामा सिरोहिया परिवारलाई प्रहरीले समेत पूर्ण सहयोग गरेको देखिन्छ ।

दुर्घटनामा परेलगत्तै प्रहरीले हत्तार हत्तार घाइतेहरूलाई अस्पताल पुर्‍यायो सबै विवरण गोप्य राख्यो । पद र पहुँचका आधारमा घटना कसरी लुकाइन्छ भन्ने ठूलो उदाहारणका रूपमा पूर्व पत्रकार समेत रहेका रास्वपा सभापति लामिछानेले हिजो घटना उजागर गरेका हुन् ।