
काठमाडौं, २३ माघ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
यही माघ २९ र फागुन १ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको हो ।
मंसिर ४ गतेको चुनावी समीक्षा र राष्ट्रपतिको निर्वाचनको रणनीति तयार गर्न बैठक बोलाइएको थियो ।















प्रतिक्रिया