१ कार्तिक २०८३, शनिबार

अस्थिर राजनीतिले नेपालमा विदेशी चलखेल बढ्यो, यो दुर्भाग्यपूर्ण छ : कमल थापा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन् ।

स्थिरता, समृद्धि र परिवर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनोट गरेका राजनीतिक दलहरूले सत्ताको छिनाझम्टिमा आफूलाई केन्द्रित गर्नुबाट मुलुक थप सङ्कटग्रस्त बनेको थापाले बताएका छन् ।

सत्ताको फोहरी खेलमा लिप्प भई दलहरूबाट विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

आफू सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आर्शीवाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको उनको जिकिर थियो । काम गरेर बाँच्न सकिने अवस्था नभएको, दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक सङ्कटको दलदलमा भासिएको बताए ।

स्पष्ट विचार र अलग पहिचान सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीवीकाको विषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाडै नै सडकमा आउने समेत उनले चेतावनी दिएका छन् ।

पार्टीको उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।