१ कार्तिक २०८३, शनिबार

राजनीतिक स्थिरता कामय गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो : प्रदीप ज्ञवाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरता कामय गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।

रफत सञ्चार क्लबको १३औँ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उपमहासचिव ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा व्यक्त गरेका हुन् ।

मुलुकलाई कुन बाटो हिडाउने भन्ने मुख्य जिम्मेवारी प्रधानमन्त्रीको हुने भएकाले त्यसतर्फ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचेत भएर अगाडि बढ्नुपर्ने उनले बताए । त्यसमा राजनीतिक दलहरू पनि उत्तिकै जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने नेता ज्ञवालीको भनाइ छ ।