१ कार्तिक २०८३, शनिबार

उपत्यकाका विभिन्न स्थानमा भेटियो बर्डफ्लू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकाका विभिन्न तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ ।

ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत शुक्रबार नै खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि खोजी गर्दा थप स्थानमा संक्रमण पुष्टि भएको पाइएको मन्त्रालयको भनाइ छ ।