
बोस्टन, २३ माघ । अमेरिकाको बोस्टनमा रहेको हिमालयन लायन्स क्लब न्यूइङ्ल्याण्डको अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा चयन भएका छन् ।
सन् २०२० मा चार्टर सदस्यबाट क्लवमा प्रवेश गरेका पूजाले यसअघि टेलटुइस्टर, मेम्बर सेक्रेटरी, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षहुँदै २०२२-२०२४ को लागि अध्यक्ष भएका हुन् ।
शनिबार बोस्टनको नरवुड स्पाइस रेस्टुरामा आयोजित कार्यक्रममा म्यासेच्युसेट्स डिष्ट्रिक्ट ३३ केका प्रथम भाइस गभर्नर इभेट मेजमार र रिजन चेयर केन चियाले नयाँ कार्यसमितिलाई शपथ गराएका हुन् । शपथ लिनेमा अध्यक्ष पूजासहित प्रथम उपाध्यक्ष थानिरत्न कडेल, द्वितीय उपाध्यक्ष चन्द्रबहादुर मल्ल, तृतीय उपाध्यक्ष मान्ती साह, सचिव तथा कोषाध्यक्ष विनोद उप्रेती, एलसिआई एफ कोअर्डिनेटर विनोद सुवेदी, मेम्वर सेक्रेटरी नवीन उप्रेती, मार्केटिङ एण्ड कम्युनिकेशन चियर प्रकाश खनाल रहेका छन् ।
निवर्तमान अध्यक्ष सुशील नेपाल नेपालमा रहेका कारण चार्टर अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इभेट मेजमार, केन चिया, फेनी चेन, पूर्व अध्यक्ष राम थापा, लगायतले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्स क्लव नरवुडका अध्यक्ष जल घिमिरे, हिमालयन लायन्स क्लवका पूर्व अध्यक्ष विष्णु कार्की, जिबिएनसीका अध्यक्ष अञ्जु थापा, लायन्स क्लव नरवुडका पूर्व अध्यक्ष विरोचन नेपाल, विजय शर्मा, अनु शाह, कुशल श्रेष्ठ, माधव उप्रेती, अनेसास बोस्टन च्याप्टरका महासचिव प्रकाश खड्का, भीम पाध्याय, लायन होजेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा नेपाली गीतमा सामूहिक नृत्य गरिएको थियो ।














प्रतिक्रिया