
– घनश्याम पराजुली
दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारको आयोजनमा २२औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर श्रदान्जली सभा सम्पन्न भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा मृत्यु भएको थियो ।
उनै जननेता मदन–आश्रितको सम्झना गर्दै उनको तस्विरमा अविर फुल चढाएर कतारमा श्रदाञ्जली व्यक्त गरिएको हो । मञ्चका सचिव हरी बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष गणेश शिवाले स्वागत मन्तव्य सँग श्रदाञ्जली व्यक्त गरे । श्रदान्जली सभालाई मञ्चका अध्यक्ष रामहरी गैह्रेले सभापतित्व गरेका थिए । जनसंगीत मञ्चका कलाकारहरु प्रभात त्रिपाठीको टिमले ‘देशको निम्ती लड्ने ति योद्धाहरुलाई, जनताको निम्ती लड्ने ति योद्धाहरुलाई ….’ श्रदान्जली शहिदहरुलाई बोलको गीत मार्फत श्रदाञ्जली व्यक्त गरे ।

कार्यक्रममा निर्वतमान सचिवालय सदस्य द्रोण बस्नेतले बि.स २००९ मा जन्मेका जननेता भण्डारी र बि.स २००१ मा जन्मेका आश्रीत भुमिगत अवस्था देखी नै नेपाली जनताको मुक्तीका लागी लडेको स्मरण गरे । ईतिहासलाई सम्झदै भावुक बनेका उनले ‘चित्कार भईरहेछ ’ शिर्षकमा कविता सुनाए । कार्यक्रममा श्रदान्जली व्यक्त गर्दै सल्लाहकार केबी हमालले पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत भएर अघाडी बढ्नु पर्ने बताए ।

जनताले धेरै पटक दुःख झेल्नु परेको भन्दै मञ्चका केन्द्रिय सदस्य अब्दुल हाफिसले जनताको हक अधिकारलाई स्थापना गर्नका लागी जननेताहरुले हामी सामु ल्याएको सिद्धान्तलाई व्यवहारमा समेत उतार्दै लैजानु पर्ने बताए । त्यस्तै स्याङ्गजा सम्पर्क मञ्चका अध्यक्ष भेषराज पराजुलीले भाबुक बनेको भन्दै श्रदान्जली व्यक्त गरेका थिए ।
मञ्चका सल्लाहकार सदस्य सागर नेपालले आगामी २२ औं बर्ष भन्दा पछी सम्म पनी मदन–आश्रित सदाका लागी अमर रहेको भन्दै हरेक कम्युनिष्टहरु नैतिकवान बन्न जरुरी रहने बताए । उनले देशका लागी ज्यान गुमाउने शहिदहरु प्रती सम्झना गर्दै श्रदान्जली व्यक्त गरे । त्यस्तै दाङ्ग काठमाडौ सम्पर्क मञ्चका मधुकर रिजालले जननेता भण्डारीको सिद्धान्तले कम्युनिष्ट आन्दोलनलाई उर्जा दिएको बताए । उनले जननेताहरुको षडयन्त्रपुर्वक हत्या गरिएको हो र जनताहरुले आजसम्म पनी यो दुर्घटना नभई हत्या भएको मानेका छन, यसलाई दुर्घटना मान्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै मञ्चका निर्वतमान उपाध्यक्ष चानक पोख्रेलले जननेता भण्डारीले बोलेका हरेक शब्दहरुको बयान गर्न धेरै समय लाग्ने भन्दै उनले जनताका लागी ल्याएको जबज सिद्धान्तलाई आत्मसाथ गर्दै लैजानुपर्ने बताए । नेपालको महाविपत्तिलाई स्मरण गर्दै उनले नेपालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई समेत सम्झदै शहिदहरु लगायत नेपालको प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने नेपालीहरु प्रती श्रदान्जली व्यक्त गरे ।
मञ्चका संस्थापक अध्यक्ष कमलमणी गुरागाँईले बि.स २००६ साल देखी विभिन्न चिराहरुमा भएका कम्युनिष्ट आन्दोलनको स्मरण गर्दै नेपालको माटोमा सुहाउने ढङ्गले जबजलाई लागु गर्नुपर्ने जननेता भण्डारीको भनाईलाई बुझेर अघाडी बढ्नु पर्ने बताए । कम्युनिष्टहरु प्रतिष्पर्धात्मक ढङ्गले अघाडी बढ्दै बहुमतको निर्णय लागु गर्छन यो नै केन्द्रियता हो उनले भने ।

कार्यक्रममा निर्वतमान अध्यक्ष दिलकिरण खजुमले जबजको सिद्धान्त नविनतम सिद्धान्तको रुपमा स्थापित भएको बताउदै यही सिद्धान्तको सेरोफेरोमा नेपाल अघाडी रहेको र भोलीका दिनमा पनी जनताको विचमा कम्युनिष्टहरु बास्तविक लोकतान्त्रिक बन्नु पर्ने भनाई राख्दै श्रदान्जली अर्पण गरे ।
त्यस्तै मञ्चका संगठन विभाग प्रमुख नरेश श्रेष्ठले हरेक बर्ष मनाईने स्मृती दिवसमा संकल्प गरेका कुराहरुलाई बास्तविकतामा समेत लागु गर्न आग्रह गर्दे २००६ देखी २०७२ सम्म आईपुग्दा कम्युनिष्ट आन्दोलनले धेरै फड्को मारिसकेको बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष गैह्रेले जननेता मदन–आश्रितले देशका लागी गरेको योगदानको स्मरण गर्दै पछिल्ला परिवर्तन जबजको मातहतमा रहेको बताए । उनले उपस्थित सबैलाई धन्यवाद दिदै श्रदान्जली व्यक्त गरेका थिए ।

बहुदलिय जनवादका व्याख्याता मदन भण्डारीको २२ बर्ष अघाडी चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा मृत्यु भएको हो । जीवराज आश्रितको मृत अवस्थामै गाडीमा शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थल देखी धेरै तल नारायणी नदी किनारमा तिन दिन शव भेटिएको थियो । यो घटनाको छानविन गर्न धेरै आयोग बनेपनी गठित आयोगले बास्तविकता बाहिर ल्याउन सकेन । पटक पटक नेकपा एमाले सरकारमा पुग्दा समेत उक्त घटनाको छानविन हुन सकिरहेको छैन । जनआन्दोलन २०४६मा बाममोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी –लेनिनबादी) र मनमोहन अधिकारीद्धारा नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपुर्ण भुमिका खेलेको बताईन्छ ।
उनले प्रतिपादन गरेको बहुदलिय जनवादको नीती पछ्याउदै नेकपा उमाले बहुलबादी राजनीतिमा अघाडी बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रुपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गम्भिर धक्का खाईरहेको बेलामा पनी माक्सवादको सृजनात्मक प्रयोग गर्दै उनले नेपालमा जनताको बहुदलीय जनबादको सिद्धान्त प्रतिपादन गरेका हुन ।
















प्रतिक्रिया