
काठमाडौं, १८ माघ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
साहारा विहिन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर भएकाको लागि खाना, कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
यसैगरी, बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ ।

नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई सहयोग पुर्याउनका लागि स्थापित समाजमा कार्यालय प्रयोजनार्थ टेबुल प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नम्बर ५ स्थित राष्ट्रिय माध्यामिक विद्यालयका १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ । विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर स्वीटर प्रदान गरिएको बैंकले जनाएको छ ।
















प्रतिक्रिया