१ कार्तिक २०८३, शनिबार

पोखरा हवाई दुर्घटना : छ जनाको ‘डीएनए’ परीक्षण सुरू

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरू भएको छ ।

माघ १ गते भएको दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको हो ।

नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान सुरू गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।

गत माघ १ गते काठमाडौँबाट पोखरा पुगेको यती एयरलाइन्सको जहाज अवतरणअघि सेती नदीको खोँचमा खसेर दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।