२९ आश्विन २०८३, बिहिबार

नागरिकको स्वास्थ्यको सवालमा खेलवाड नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।

मंगलबार विभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री गिरिले जनशक्ति वा पूर्वाधार कुनै पनि बहानामा नागरिकको स्वास्थ्यको सवालमा खेलवाड नगर्न र गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट विभागलाई पूर्ण समर्थन हुने पनि बताए । त्यस्तै मन्त्री गिरीले खुल्ला नाकाका कारण भारतबाट भित्रिएका औषधिहरु खुलेआम बिक्रीवितरण भइरहेकाले निगरानी बढाउनुपर्ने धारणा व्यक्त गरे ।

औषधि बिक्रीवितरणको अनुगमन प्रभावकारी नहुँदा समस्या देखिने भएकाले सबै प्रदेशमा कार्यालय स्थापना गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्री गिरीले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने र विपन्न नागरिकले समेत राहत महसुस गर्ने गरि काम गर्नुपर्ने पनि बताए ।