१ कार्तिक २०८३, शनिबार

शिवराज नगरपालिकाको अर्धवार्षिक समीक्षा सम्पन्न

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ माघ । शिवराज नगरपालिकाको अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

नगरपालिकाले पहिलो पटक शिवराज नगरपालिका भित्रका सबै वडाध्यक्ष र शाखा/उप शाखा प्रमुखहरुको उपस्थिमा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रशासन शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, कृषि विकास शाखा, प्रशु सेवा शाखा, स्वास्थ्य तथा सामजिक विकास शाखा, रावस्व उप–शाखा, रोजगार शाखा, आर्थिक विकास शाखा, सहकारी शाखा, पञ्जिकरण तथा सामजिक सुरक्षा उप–शाखा, सामी परियोजना उद्यम विकास वास कार्यक्रम युनिसेफ र सम्पूर्ण वडा कार्यालयले आफ्नो प्रगति विवरण पेश गरेका थिए ।

शिवराज नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को कूल बजेट रू. १ अर्ब २४ करोड ६५ लाख ८१ हजार ९७० रहेकोमा हालसम्म चालू खर्च ३१ दशमलव २८% र पुँजीगत खर्च ३ दशमलव ७४% भएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय राकेश पाण्डेले जानकारी दिए ।

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छोटो समयमा सम्पूर्ण शाखाले पूर्ण अपनत्व लिइ समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्नुपर्ने र कुनै पनि कारण देखाई सेवाग्राहीको काम नरोक्न समेत निर्देशन दिएका थिए ।