
काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धन धेरै समय नटिक्ने दाबी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने तर्क गरे ।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको बताए ।















प्रतिक्रिया