३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले कसलाई बनाउँदैछन् गृहमन्त्री ? यसो भन्छन् माओवादी प्रवक्ता महरा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नयाँ गृहमन्त्री नियुक्त गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रले कुनै हस्तक्षेप नगर्ने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा आज सोमबार बसेको पदाधिकारी बैठकको निर्णयहरूबारे जानकारी दिने क्रममा पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीको जिम्मेवारी भएकाले त्यसमा पार्टीले कुनै हस्तक्षेप नगर्ने जानकारी दिएका हुन् ।

उनले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा आजको बैठकमा छलफल नभएको पनि स्पष्ट पारेका छन् ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि सबैले थाहा पाउने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले रविबाहेकका व्यक्तिलाई गृहमन्त्री बनाउने तयारी गरिरहेका छन् भने पार्टीभित्रैबाट गृहमन्त्री बनाउनुपर्ने दबाब पार्टीका नेताहरूले दिइरहेको बताइएको छ ।

रवि लामिछानेलाई गृहमन्त्रीका रुपमा झेल्न सकस हुने माओवादीको निष्कर्ष छ । तर, सत्तासाझेदारमध्ये प्रमुख दल नेकपा एमाले भने रविलाई पुन: गृहमन्त्री बनाउन सकरात्मक देखिएको छ ।