
काठमाडौं, १६ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चारजगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने बिषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने धारणा व्यक्त गरेका छन् । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने विश्वास उनले व्यक्त गरेका छन् ।















प्रतिक्रिया