– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटनमा मातापिताको साथमा बस्दै आएकी नेपाली मूलकी ११ बर्षिय सोनी शुक्लाको अमेरिकाका राष्ट्रपति बराक ओबामाले प्रशंसा गरेका छन् ।
उनलाई कोसेली स्वरुप प्रशंसा पत्र, प्रथम महिला मिसल ओबामा तथा उनका दुई पुत्रीहरू तथा राष्ट्रपतिका दुई कुकुर सहितको दस्तखत गरेको पत्र पठाउदै राष्ट्रपतिले गुनगान गरेका हुन् ।
उक्त पत्रमा राष्ट्रपतिले ५ कक्षामा अध्ययन रत सोनी शुक्लालाई उनले लेखेको पत्रको लागि धन्यबाद दिदै प्रशंसा गर्दै अगाडी लेखेका छन् । तिमी जस्ती युवाका कथा तथा कहानीले प्रत्येक दिन मलाई प्रोत्साहन गर्छ । ओबामाले अगाडी लेखेका छन् तिमीले मलाई आफ्नो जीवनको बारेमा बताएकोमा हर्षित छु ।

आगामी बर्षहरुमा पनि सदैब याद गर । यदि तिमी कडा मेहनत र ठुलो सपना देख्ने गर्छौ भने कुनै कुराले प्राप्ति गर्न कठिनाई हुँदैन भनि व्हाइट हाउसबाट जारी बराक ओबामाबाट हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
साथै उक्त पत्रमा सोनी शुक्लालाई ओबामाले लेखेका छन् –यदि तिमी शिक्षामा केन्द्रित हुन् चाहन्छौ भने तिमीले असीमितता प्राप्त गर्ने छौ भन्दै राष्ट्रपतिलाई कहानी हिस्सा गरेकोमा धन्यबाद दिदै सफलताको कामना गरेका छन् ।
को हुन् सोनी शुक्ला ?
बाबु दिपक शुक्ला तथा माता बिनिता शुक्लाकि कोखबाट नेपालको बारा जिल्लाको कलैयामा जन्मिएकी सोनी १८ महिनामा अमेरिका आएकी हुन् । माता पिताकी जेष्ठ सुपुत्री सोनी निकै मेधावी छात्रा हुन् । र हाल उनको उमेर ११ बर्ष छ भने उनि भर्जिनियाको आर्लिंगटन क्याम्बल ईलेमेनट्री बिद्यालयमा ५ कक्षामा पढ्छिन ।
सरस्वतीकी वरद सुपुत्री हुन् र एक पटक पढे पछि टपक्कै टिप्ने उनि निकै तीक्ष्ण मस्तीस्क भएको उनका पिता दिपक शुक्ला बताउँछन ।
अमेरिकाको भ्रमणमा केहि दिनको लागि आउनु भएका सोनीका हजुरबुवा देवानन्द उपाध्यायले नातिनी सोनीको बारेमा बताउदै नातिनीले अमेरिकामा नेपाल र नेपालीको नाक राख्ने कुरामा बिश्वस्त भएको बताए ।
उनलाई कसले ओबामालाई चिट्ठी लेख्ने हिम्मत दियो ?
यो पंक्तिकारले उनीसँग अन्तर्वार्ता गर्दा उनले नेपाली भाषा पोलेर खाई सकेकी बुझियो । नेपाली र हिन्दी भाषा बुझ्ने बताईन भने फर्काउन सक्दिन भनिन ।
अमेरिकन शैलीमा अंग्रेजी बोल्ने सोनीलाई जिज्ञासा राख्दा उनले भनिन आफै मनमा आयो र पत्राचार गरेको थिए । बिद्युतिय पत्राचार गरेको हो कि कसरि पत्राचार गरेको भनि जिज्ञाशामा ११ बर्षिय सोनीले भनिन मैले हुलाकबाट व्हाइट हाउसमा आफ्नो बारेमा लेख्दै र राष्ट्रपतिलाई पनि केहि प्रश्न राखेको खुलासा गरिन ।
उनले र उनका मातापिताले राष्ट्रपतिबाट जवाफ आउँदैन भनि सोचेको तर पत्र आउदा आश्चर्य भएको बताए भने हजारौ पत्रहरु आउने हुनाले आशा मारेको थिए भनि सोनी शुक्लाले बताईन ।
अमेरिकामा सन् २००६ मा बुवा आमाको साथमा आएकी सोनी शुक्ला एक होनहार र प्रतिभाशाली छात्रा हुन् । उनलाई भबिष्य के बन्ने ईक्षा छ भनि प्रश्न गर्दा अहिले सोचेको छैन तर पनि अभियन्ता बन्ने सपना भएको बताइन ।

















प्रतिक्रिया