३१ आश्विन २०८३, शनिबार

सभापतिमा पुनर्वहाली भएसँगै प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सभापतिमा पुनर्वहाली भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता कायम गरेका लामिछाने सोही साँझ आज बालुवाटार पुगेका हुन् ।

अमेरिकी नागरिकता त्यागेका उनले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेपछि गत शुक्रबार सांसद, पार्टी सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाएका थिए ।

त्यसपछि आइतबार उनले प्रक्रिया पुर्‍याएर नागरिकता लिएका थिए । नागरिकता लिएलगत्तै पार्टी सदस्य र सभापति मनोनित भएका थिए । पार्टी सभापतिको हैसियतमा उनले प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् ।