३१ आश्विन २०८३, शनिबार

गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्ने तीन जना यसरी परे प्रहरीको फन्दामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । प्रहरीले बिभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी व्राण्डका गुणस्तरहीन नक्कली मदिराहरु उत्पादन गरि कालो बजारी गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–३ का निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका–९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन–२ का गणेश बहादुर रानामगर छन् ।

निरज उप्रेतीले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको मदिरा पसलमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारि अनुसन्धान गर्दा ललितपुर महालक्ष्मी नगरपालिका–५ का विभिन्न स्थानमा नक्कली मदिरा उत्पादन गर्ने स्थान फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए ।

प्रहरीले नक्कली गोल्डेन वेक, खुकुरी रम, रुस्लान भोड्कालगायत ब्राण्डका नक्कली मदिरा बरामद गरेको हो ।