३१ आश्विन २०८३, शनिबार

देशको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लाग्यो : कमल थापा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन् ।

पार्टीको संगठन विभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपत्यकास्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा थापाले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताएका हुन् ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुन: स्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए । अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको भनाइ छ ।