२९ आश्विन २०८३, बिहिबार

सम्झौता भएको ११ महिना बितिसक्दा पनि पुल निर्माण भएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_1798-copy_20140324091304 सुन्दरीजल, १९ जेठ । काठमाडौँको उत्तपूर्वमा रहेको डाँछी गाविसलाई भक्तपुरको चाँगुनारायण गाविससँग जोड्ने पुल सम्झौता भएको ११ महिना बितिसक्दा पनि काम सुरु हुन सकेको छैन ।

काम सुरु गर्न लाग्दा विवाद भएर रोकिएको पक्की पुलको निर्माण कार्य ६० प्रतिशत सकी सकेको भनेर डिभिजन सडक कार्यालय भक्तपुरले कागजमै मात्र पुल बनाउन खोजेको भन्दै स्थानीयवासीले भने विरोध जनाएका छन् ।

विसं २०७० साउनमा ठेक्का सम्झौता भई २४ महिनामा सक्ने लक्ष्य राखिएको पुलको निर्माण कार्य आधा समय बित्न लाग्दासमेत सुरु नभएकाले डिभिजन सडक कार्यालय भक्तपुरलाई सचेत गराएका छौँ”– पुल निर्माण सहयोग सरोकार समितिका अध्यक्ष नारायण पण्डितले भन्नुभयो ।

पुल बनाउने ठेक्का पाएको नागार्जुन कोसी एन्ड न्यौपाने जेभीले पक्की पुल बनाउन सुरु गर्नुअघि स्थानीयवासीले बनाएको फलामको पुल भत्काइदिएपछि मनसुन सुरु हुने पूर्वसन्ध्यामा आवतजावत गर्न नपाइने चिन्ताले स्थानीयवासी भयभित छन् ।

“यो पुल हुँदै दैनिक ७०० मानिस काठमाडौँ र भक्तपुर ओहोरदोहोर गर्ने गर्छन्, फलामको पुल पनि भत्काएपछि बादल लागेका दिनमा आवतजावत गर्न नै डराउनुपर्ने अवस्था छ”– पानी परेपछि मनोहरा खोलामा आउनसक्ने बाढीका कारण दैनिक काम काजमा हिँड्नै डराउनुपर्ने अवस्था रहेको पुल निर्माण सहयोग सरोकार समितिका उपाध्यक्ष कृष्णबहादुर थापाले भन्नुभयो ।

ठेकेदार कम्पनीका इन्जिनियर मणि दास डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का सम्झौता भएको १० महिनापछि एक साताअघि मात्र पुल निर्माणको नक्सा दिएर एक वर्षको समय झुलाइदिएको बताउनुहुन्छ । “नक्सा दिएपछि तीन वटा खाल्डो खन्यौँ, त्यसलाई जाँचपास गर्न आउनुस् भनेर अत्तो थापिरहेका छन्”– उहाँले गुनासो गर्नुभयो ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर देवविक्रम खड्का भने काठमाडौँ पट्टीको छेउमा ढुङ्गा भेटिएकाले मात्रबीचमा खन्न ठेकेदार कम्पनीलाई भनिएको दाबी गर्नुहुन्छ ।

तीन करोड ५० लाखको लागतमा पुल निर्माणको सम्झौता गरिएको जानकारी उहाँले दिनुभयो ।